२ कार्तिक २०८३, सोमबार

उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको माग हास्यास्पदः डा. महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahat– ramsaranकाठमाडौँ, ११ भदौ । प्रमुख प्रतिपक्षी दल एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्र तत्काल गठन नगरे संसद अवरुद्ध गर्ने धम्की दिइरहेका बेला अर्थमन्त्री डा. रामशरण महतले भने त्यस्तो  संयन्त्र नबन्ने दाबी गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १५ औँ साधारणसभालाई बुधबार राजधानीमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका महतले एमाओवादीको राजनीतिक संयन्त्र गठनको माग हास्यास्पद भएको तर्क गर्नुभयो ।

‘उच्चस्तरीय राजनीतिक संयन्त्र गठन नगरेर संसद अवरुद्ध गछौँ भन्ने एमाओवादी अध्यक्ष प्रचण्डको धम्की हास्यास्पद छ,’ उहाँले भन्नुभयो, ‘ एमाओवादीको यस्तो खालको व्यवधानकारी नीतिले संविधान निर्माणको काम अघि बढ्न सक्दैन ।

१० वर्ष हिंसात्मक युद्ध गरेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको एमाओवादीलाई उहाँले अझै नसच्चिएको समेत आरोप लगाउनु भयो । ‘व्यवधानकारी नीति लिएर प्रगतिलाई रोक्ने काम सकैबाट पनि हुनुहुँदैन,’  उहाँले भन्नुभयो ।