मेलम्ची, ११ भदौ । सिन्धुपाल्चोक जिल्लाको महाँकाल गाविस – ६ बल्देमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ
गएराति २:३० बजे गएको पहिरोमा परी स्थानीय ३३ वर्षीय दिलबहादुर तामाङ, १२ वर्षीया छोरी एलिसा, पाँच वर्षीय छोरा प्रशान्त र ७५ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर घाइते भएकी श्रीमती मोताी तामाङको उपचारका लागि काठमाडौं ल्याइएको छ ।
पहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम सुरुङ मार्गमा पनि क्षति पुगेको स्थानीयवासी सञ्च तामाङले बताउनुभयो ।
यता, पर्वतको कुस्मा नगरपालिकामा पहिरोमा पुरिँदा ४ जना बेपत्ता भएका छन् । स्थानीय हरिलाल चापागाईको घर पहिरोले पुर्दा घरमा रहेका ४ जना बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्दार कार्य जारी राखेको छ ।















प्रतिक्रिया