३० आश्विन २०८३, शुक्रबार

उदयपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

udayapur_district

गाईघाट (उदयपुर), ११ भदौ । जिल्लाको त्रियुगा नगरपालिका–१ बोक्सेमा मङ्गलबार साँझ दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेका छन् ।

मोटरसाइकल ठक्करबाट मृत्यु हुनेमा त्रियुगा नगपालिका– ७ मोतीगडा बस्ने ४८ वर्षीय यादव कार्की रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

यस्तै मोटरसाइकल ठक्करबाट गम्भीर घाइते हुनेमा त्रियुगा नगरपालिका– १ बोक्से बस्ने २० वर्षीय अर्का मोटरसाइकल चालक सुरेन्द्र मगर रहेको छ ।

यस्तै कार्कीसँग मोटरसाइकलमा यात्रा गर्ने अर्का त्रियुगा नगरपालिका–१ बोक्से बस्ने ४० वर्षीय दानबहादुर पौडेलको पनि अवस्था गम्भीर रहेको छ ।

बालमन्दिर माध्यमिक विद्यालय बोक्सेका प्रध्यानाध्यापक समेत रहेका मृतक कार्की पौडेलका साथ साँझ स५प ३०३२ को मोटरसाइकलमा आफँै चलाएर मोतिगडातर्फ फर्कदै गरेको प्रहरीले बताएको छ ।

यता स२प ९७३ नम्बरको मोटरसाइकल चलाएर सुरेन्द्र मगर भने ११० को स्पिडमा गाईघाट बजारबाट बोक्सेतर्फ जाँदै गरेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाटोमा कार्कीको मोटरसाइकललाई तीव्रगतिमा आएको मगरको मोटरसाइकलले ठक्कर दिँदा कार्कीको घटनास्थलमानै केही समय पछि मृत्यु भएको हो ।

अहिले कार्कीको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ । यता मोटरसाइकलको ठक्करबाट गम्भीर हुने मगर र पौडेललाई भने उपचारका लागि विराटनगर पठाइएको प्रहरीले बताएको छ ।

घटनास्थलबाट दुवै मोटरसाइकल अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । रासस