रत्ननगर (चितवन), ११ भदौ । चितवनको चण्डिभञ्जाङ– ९ स्थित जलविरेबाट एउटा ट्रक त्रिशूलीमा खस्दा ट्रक चालक हामफालेर बाँच्न सफल भएको छ भने एकजना सम्पर्कविहीन भएका छन् ।
जलविरेबाट करिब १५० मिटर तल खसेको ट्रकका चालक धादिङ बैरेनीका ३५ वर्षीय गोमनसिंह लामा भने हामफालेर बाँच्न सफल भएका छन्, सहचालक १८ वर्षीय नवराज तामाङ भने अहिलेसम्म सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
खुद्रा सामान लिएर चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको ना२ख ६९४४ नम्बरको ट्रक अनियन्त्रित भई आज बिहान ४ः३० बजे त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ । रासस
















प्रतिक्रिया