२ कार्तिक २०८३, सोमबार

मोदीलाई काठमाडौंमा थ्रेट दिने २ जना थुनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi

काठमाडौं, ११ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा शंकास्पद गतिविधिमा संलग्न २ जना बंगलादेशी नागरिक पक्राउ परेको खुलेको छ ।

१९ साउनमा पशुपति मन्दिरबाट पक्राउ परेका उनीहरु अझै प्रहरी हिरासतै छन् । मोदी पशुपति मन्दिरको दर्शनमा गएका बेला शंकास्पद गतिविधि गर्ने बंगलादेशी नागरिकद्धय हसाइम इस्लाम र रियल मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मुस्लिम धर्मावलम्बी भएपनि हिन्दू धर्मको पर्चा बाँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।