३० आश्विन २०८३, शुक्रबार

श्रीमती नभएको मौका छोपी बाबुद्वारा तीन वर्षीया छोरी बलात्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape_minor4_042113102557बर्दिया, १० भदौ । काभ्रेमा आफ्नै बुबाले छोरी बलात्कार गरेको घटना सेलाउन नपाउँदै   बर्दियामा  तीन वर्षीया बालिकालाई  आफ्नै बाबुले बलात्कार गरेका छन् ।

बलात्कृत बालिकाको  भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने बाबु फरार छन् ।

धधवार–७ निवासी उपाध्याय थरका एक व्यक्तिले आफ्नै छोरीलाई बलात्कार गरेका हुन् । बालिकाको अवस्था गम्भीर छ ।

बालिकाकी आमा वैदेशिक रोजगारीमा गएका बेला बुबाले छोरी बलात्कार गरेका हुन् ।

उनले सोमबार बलात्कार गरेको र बलात्कारपछि  बालिकाको अत्यधि रक्तश्राव भएको बुझिएको छ ।

बालिकाको यौनाङ्ग क्षतविक्षत अवस्थामा छ । खेल्दा चोट लागेको भन्दै पीडितका काकाले अस्पताल ल्याए पनि पछि बाबुको कृकृत्य खुलेको हो ।