जुटपानी, १० भदौं । पूर्वी चितवनको जुटपानी–१ गुराउचौमा रहेको शिवालय राप्राविलाई एक जापानीज् संस्थाले शैक्षिक तथा खेलकुद सामाग्री र दराज सहयोग गरेको छ ।
युथ फेडेरेसन फर वल्ड पीस जापान नामक संस्थाले ४ वटा दराज, शैक्षिक र खेलकुद सामाग्री सहयोग गरेको हो ।
आर्थिक अवस्था कमजोर रहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक विकासको लागि विदेशी सस्थाले सो सामाग्री सहयोग गरेको संस्थाका नेपाल अध्यक्ष प्रकाशबाबु थापाले जानकारी दिनुभयो ।
विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा संस्थाका एजुकेशन डाइरेक्टर मासाहिरो इजवाले विद्यालयका प्रधानाध्यापक फडिन्द्र लामिछानेलाई सो सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा संस्थाका नेपाल अध्यक्ष प्रकाशवावु थापा, महासचिव अच्युत पराजुली, सल्लाहाकार मनोज कुमार सुर्खेती, नेकपा एमाले जुटपानीका चेतबहादुर थापा, राजमो जुटपानीका नारायण चालिसे,
परिवार दल जुटपानीका टंकप्रसाद भट्ट लगायतले वोल्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज भेटवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।















प्रतिक्रिया