डोल्पा (त्रिपुराकोट), १० भदौ । डोल्पा लिकुका राजकुमार पहाडीले सम्झौताअनुरूप पैसा नतिरेको भन्दै रूकुम घेत्मा–६ का तिलक पुनलाई बन्धक बनाएका छन् ।
यार्सा टिप्ने याममा पुनलाई ७० हजार लिएको भन्दै जबर्जस्ती काममा राखेको उहाँकी श्रीमती नन्दीकला पुनले बताउनुभयो ।
आफ्नो श्रीमान्लाई बन्धक राखेको खबर थाहा पाएपछि उनलाई छुटाउन तीन दिनको पैदल हिँडेर यहाँ आई इलाका प्रहरी कार्यालय त्रिपुराकोटमा निवेदन दिएको उहाँले सुनाउनुभयो ।
पैसा नतिरेको भन्दै बन्धक राख्नु मानवअधिकारविरुद्धको कार्य भएकाले पहाडीलाई कारबाही गर्नुपर्ने माग उहाँको माग छ ।
दुवै पक्षलाई बोलाई छानबिन थाल्ने इलाका प्रहरी कार्यालय त्रिपुराकोटका प्रहरी नायब निरीक्षक रोमहर्ष सिलवालले बताउनुभयो ।















प्रतिक्रिया