काठमाडौं, १० भदौ । संविधानसभामा प्रतिनिधित्व गर्ने साना १२ दलले मन्त्रिपरिषदबाट मनोनित हुने २६ सभासदमा आफ्नो तर्फबाट पत्रकार ऋषि धमलालाई गर्न सिफारिस गरेका छन् ।
ती दलका अध्यक्षहरुले संयुक्त रुपमा मंगलबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी सभासदमा धमलाको नाम सिफारिस गरेका हुन् । धमलाको नाम सिफारिस गर्ने दलहरुमा दलित जनजाति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल र थरुहट तराई पार्टी नेपाल लगायत छन् ।
पत्रकारहरुको तर्फबाट धमलाले खेलेको भूमिकाको सम्मान गर्दै उनको नाम सिफारिस गरेको ती दलको भनाई छ ।















प्रतिक्रिया