३० आश्विन २०८३, शुक्रबार

अमेरिका पठाइदिन्छु भन्दै ठग्ने स्वामी यसरी परे प्रहरी फन्दामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijaya-bhandari-swami

काठमाडौं, ९ भदौ । धर्म प्रचारका लागि अमेरिका पठाइदिने आश्वासन दिँदै ठग्ने एक कथित स्वामी पक्राउ परेका छन् ।

स्वामीको भेषमा ठगीधन्दामा लागेका गुल्मीका विजय भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको सितापाइलामा बस्दै आएका भण्डारीले आफूलाई स्वामी विष्णु प्रपन्नाचार्य भन्दै हिन्दु धर्मको प्रचारप्रसारको लागी अमेरिका पठाइदिने आश्वासनमा लाखौं रुपैया उठाएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालको नाममा भण्डारीले रकम उठाई ठगी गरेको भेटिएको छ । उनीविरुद्ध १७ लाख १५ हजार विगो वरावरको ठगीमा जाहेरी दरखास्त परेको बताइएको छ ।

एयरपोर्टबाट पक्राउ परेका भण्डारीलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपी हिरासतमा राखिएको छ ।