३० आश्विन २०८३, शुक्रबार

सीमा समस्या समाधानमा राज्य गम्भिर भएर लाग्नुपर्छः विज्ञहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

border-pillorराजकुमार अ‍ोली
काँकडभिट्टा, ९ भदौ । सीमा समस्या समाधानमा राज्य गम्भिर भएर लाग्नुपर्ने सरोकारबालाहरुले बताएका छन ।

सोमबार झापाको काँकडभिट्टामा ‘सीमाको समस्या र समाधानका उपायहरु’ विषयक अन्तरक्रियामा बोल्दै सहभागीहरुले नेपाल र भारतबीच गम्भिर रुपमा नीतिगत र कुतनीतिक ढंगले पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।
अन्तरक्रियामा डा. उद्धव प्याकुरेल र प्रा. लोकराज बरालले नेपाल भारत खुल्ला समस्या र संभावना विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  उहाँहरु दुबै जनाले सीमाको समस्या समाधानका विषयमा दुवै देश गम्भिर भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
खुल्ला सिमानाको कारण अवैध साना हातहतियार ओसारपसार तस्करी, आतंकवादी गतिविधि सीमा अपराध ,नक्कली मुद्राको तस्करीलगाएतको समस्याले दुवै देशलाइ चुनौती थप्दै गएको उहाँहरुको भनाई थियो ।

कार्यक्रममा सहभागीहरुले पनि विभिन्न खालका समस्याहरुले दुवै देशका नागरिकहरु आक्रान्त बनेको भन्दै त्यसलाई तत्काल समाधान गर्न राज्य लाग्नु पर्नेमा जोड दिए
झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले भने मिडियामा आएजस्तो र राजधानीमा भनिए जस्तो ो समस्या नभएको जिकीर गर्नुभयो ।

‘नेपालका महेशपु,  सुस्ता, टनकपुरलगाएतका तीन–चार ठाँउमा सीमाको समस्या छ,’ उहाँले भन्नुभयो, ‘ती बाहेक अन्य ठाँउमा ठुलो समस्या छैन ।’

नेपाल भारत सीमा मिडिया को–अडिनेटरका सयोजक मुक्ति पौडेल र सिलगुडी जर्नालिष्ट क्लव बंगालाका संयोजक प्रमोद गिरीले पनि धारणा राख्नु भएको थियो ।