२९ आश्विन २०८३, बिहिबार

छोरीलाई बलात्कार गर्ने बाबु प्रहरी खोरमा, के–होला कारवाही ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapeबनेपा, ९ भदौ । काभ्रेपलाञ्चोक जिल्लामा २१ वर्षीया एक युवतीले आफ्नै बाबुमाथि बलात्कारको आरोप लगाएकी छन् ।

पनौती वडा नं २ मा बलात्कारबारे जाहेरी परेको छ । आरोपित व्यक्तिलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अरुण बिसीले जानकारी दिनुभयो ।

‘पीडितले प्रहरीसँग बाबुले जबर्जस्ती गरेको भनेकी छिन् । त्यसैले स्वास्थ्य परीक्षणका लागि पठाएका छौं’ प्रहरी उपरीक्षक बिसीले भने ।

अभियुक्त भनिएका बाबुका दुई श्रीमती छन् । तीमध्ये जेठीतर्फकी छोरीमाथि उनले बलात्कार गरेको प्रहरीको आशङ्का छ ।

छोरीले आफूमाथि बलात्कार भएपछि विष सेवन गरी आत्महत्याको प्रयाससमेत गरेको स्थानीयवासीले बताएका छन् । रासस