३० आश्विन २०८३, शुक्रबार

यसरी लुटिए यार्सागुम्बा व्यापारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yarsa-gumba

भीमदत्तनगर, ९ भदौ । काठमाडौँको लाजिम्पाटका यार्सा व्यापारी दिनेश शेरचन दार्चुलाको खण्डेश्वरीका स्थानीय बासिन्दाले सङ्कलन गरेको यार्सागुम्बा लिएर फरार भएका छन् । यार्सागुम्बाको रकम लिन सदरमुकाम खलङ्गा आउने क्रममा यार्सागुम्बा लिएर व्यापारी शेरचन फरार भएका हुन् ।

“सदरमुकाम खलङ्गामा रकम दिन्छु भने”, स्थानीय नरजित रोकायले भन्नुभयो, “बिहान चिया खान्छु भन्दै भागेपछि यार्सा लुटिएको थाहाँ पाएँ ।” त्यसैगरी खण्डेश्वरी–६ खत्तोलीका प्रकाश कार्कीले पनि व्यापारी शेरचन यार्सा लिएर फरार भएको बताउनुभयो ।

“बिहान फोन गर्दै बाहिर निस्किएका शेरचन फरार भएको पछिमात्र थाहा पाएँ”, नरजीत रोकायाले भन्नुभयो । उनीहरुले पूर्व योजनाअनुसार यार्सागुम्बा लिएर भाग्न सफल भएका हुन् । यार्सा खरिद गर्न दार्चुला पुगेका दुईजना व्यापारीमध्ये एकजना बैतडीको गन्नाबाट सम्पर्कमा आएको स्थानीयको भनाइ छ ।

यार्सागुम्बाको छुट पुर्जी बनाउन र बैंकबाट रकम झिकेर हिसाब मिलान गर्ने भन्दै दुईजना स्थानीय र फरार व्यापारी शेरचन दार्चुला सदरमुकाम पुग्दै गर्दा बाटोबाटै फरार भएका हुन् ।

उक्त यार्सा खण्डेश्वरी गाविस– ५, ६ र ७ को गाउँबाट सङ्कलन गरिएको थियो । व्यापारीहरुले मोटो यार्सागुम्बाको प्रतिकिलो रु २७ लाख र कम तौल भएको यार्सागुम्बाको १८ लाख रुपैंया दिने सहमति भएको थियो । यार्सा लुटिएको बारेमा पीडितले प्रहरीलाई निवेदन दिने तयारी गरिरहेका छन् । रासस