काठमाडौं, ९ भदौ । नेकपा एमालेका शीर्ष नेता माधवकुमार नेपाल तीर्थयात्राका लागि चीनको मानसरोबर प्रस्थान गर्नुभएको छ ।
मानसरोबर लगायतका धार्मिकस्थलको भ्रमण गर्ने उद्देश्यसहित पत्नी गायत्री र भाइहरु विनोद उपाध्याय र सरोज उपाध्यायलाई लिएर सोमबार बिहान चिनियाँ बिमानमार्फत ल्हासा पुग्नुभएको हो । तीर्थाटनपछि उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिसँग पनि अनौपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसैगरी, नेता नेपालले रसुवाको केरुङ नाकासम्म चीनले ल्याउन लागेको रेलमार्गबारे चिनियाँसँग छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई पनि गत बैशाखमा सपरिवार मानसरोबार पुग्नुभएको थियो ।














प्रतिक्रिया