३० आश्विन २०८३, शुक्रबार

चुरोट, सुर्ती खल्तीमा राखेर कार्यालय प्रवेश गर्दै हुनुहुन्छ ? होरियार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

no-smoking-sign-in-metro-manilaगोरखा, ९ भदौ । यदि तपाई चुरोट, सुर्ती खल्तीमा राखेर कार्यालय प्रवेश गर्दै हुनुहुन्छ भने अब सजग हुनुपर्ने भएको छ ।

तपाई त्यस्तो नियम उल्लङ्गन गर्ने तयारीमा हुनुहुन्छ भने कारवाहीको भागेदार बन्नुहुने छ ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाले चुरोट, सुर्ती खल्तीमा राखेर हिँड्ने र सेवन गर्ने कर्मचारीमाथि निगरानी राख्न थालेको छ ।

सुर्तीजन्य पदार्थको सेवनलाई पूर्णरुपमा न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालयले यस्तो अभियान थालेको जनाएको छ ।

कार्यालय समयभित्र चुरोट, सुर्ती खाएको थाहा पाएमा, कुनै कर्मचारीको खल्तीमा सुर्ती, चुरोट छ भन्ने लागेमा स्वास्थ्य सहायक नवराज खड्काले जुनसुकै बेला पनि कर्मचारीलाई खानतलासी गर्छन् ।

अहिलेसम्म पाँच जनाभन्दा बढी कर्मचारीले चुरोट, सुर्ती बुझाएको खड्काले जानकारी दिनुभयो ।

‘स्वास्थ्यलाई हानी गर्ने चुरोट, सुर्ती खान कार्यालयले बन्द गर्ने निर्णय ग¥यो,’ उहाँले भन्नुभयो, ‘चुरोट, सुर्ती नबुझाउने कर्मचारीलाई जरिवाना गछौँ ।’

स्वास्थ्य कार्यालयको जिल्लास्तरीय समीक्षा गोष्ठीमा सहभागी भएका जिल्लाभरका आठ स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि चुरोट, सुर्ती बुझाएको कार्यालयका प्रमुख विश्वराम श्रेष्ठले बताउनुभयो । रासस