२ कार्तिक २०८३, सोमबार

आज कुसेऔंसी अर्थात बुबाको मुख हेर्ने दिन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

220px-Kushकाठमाडौं, ९ भदौ । भाद्रकृष्ण औंसी अर्थात बुबाको मुख हेर्ने दिन ।

यो पर्वको अवसरमा आज घरघरमा पवित्र कुश भित्र्याएर भव्यरुपमा मनाउने चलन छ ।

आजकै दिन वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश घरमा राखेर पूजा गर्ने चलन पनि छ ।

ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।

आजकै दिन छोराछोरीहरूले आ–आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्ने गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन भन्ने गरिएको हो ।
बाबु नहुनेहरूले आजकै दिन काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् ।

रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।
कुशको अर्थ

हिन्दू धर्मावलम्बीका लागि कुश ज्यादै अनिवार्य एवं पवित्र वस्तु मानिन्छ ।

वैदिक ग्रन्थदेखि लिएर पौराणिक ग्रन्थमा समेत कुशको ठूलो महत्व बताइएको पाइन्छ । आयुर्वेदिक उपचारमा पनि कुशको ठूलो महत्व छ।

तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधि बनाइन्छ ।

कुशको प्रयोग दाह, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ । एकदमै तीखो र धारिलो पात हुने हुँदा यसलाई टिप्दा होशियारीपूर्वक टिप्नु पर्ने हुन्छ ।

पहिले पहिले परीक्षाको समयमा जो कुशलाई सहजतापूर्वक घाउ नलगाई वटुल्न सक्थ्यो उसलाई कुशल मानिन्थ्यो ।