३० आश्विन २०८३, शुक्रबार

चोरको आरोप सहन नसकेपछि आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolpa Districtsडोल्पा, ८ भदौ ।  भदौ ४ गतेदेखि हराइरहेका दुई बालकको शव आइतबार बिहान ठूलो भेरीको किनारमा रहेका सु गाविसस्थित सु खोलामा फेला परेको छ ।

मृत्यु हुनेमा त्रिपुराकोट गाविस–८ डाँडागाउँको लस्मी प्राथमिक विद्यालयमा कक्षा ३ मा पढ्दै गरेका १० वर्षीया अशोक बुढा र सोही स्कुलमा कक्षा २ मा पढ्दै गरेका आठ वर्षीय अर्जुन बुढा रहेका छन् ।

उनीहरुलाई विद्यालयका शिक्षकहरुले स्कुलमा हराएको छाप चोरेको भन्दै प्रहरीको डर देखाएपछि भागेका थिए ।  त्यही कारण उनीहरुको त्यस्तो अवस्था भएको मृतकका आफन्तले जनाएका छन् ।

प्रधानाध्यापक नन्दवीर रोकायले सो कुरा स्वीकार गरेका छैनन् ।

निजहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल डोल्पामा लगिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमहर्ष सिलवालले बताउनुभयो। रासस