२९ आश्विन २०८३, बिहिबार

चन्द्र–सूर्यअंकति झण्डा नेपालको होइन, हिन्दूवादीको : आङकाजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ang-kaji-sherpa

काठमाडौं, ८ भदौ । चर्को जातिय राजनीतिको वकालत गर्ने संघीय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले चन्द्र-सूर्यअंकित झण्डा नेपालको नभई हिन्दूवादीको मात्र भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेख्दै आङकाजीले चन्द्र-सूर्य अंकित झण्डा नेपालको राष्ट्रिय झण्डा हुन नसक्ने जिकिर गरेका हुन् । नेपाली झण्डा भारतबाट ल्याइएको सूर्यवंशी–चन्द्रवंशी हिन्दूधर्मको झण्डा भएको आङकाजीको आरोप छ ।

राष्ट्रिय झण्डामा एकात्मक हिन्दू धर्मको प्रतीक अंकित भएको भन्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक देशको झण्डा नेपालको झण्डै हुनै नसक्ने दाबी गरेका छन् ।

आङकाजीले मानव झण्डा बनाएर कीर्तिमान कायम गरेकोमा आलोचना समेत गरेका छन् । मानव झण्डा बनाएर गिनिज बुकमा नाम लेखाउन पूर्वराजा ज्ञानेन्द्र शाह र अतिहिन्दूवादी देशीविदेशी शक्तिकेन्द्रहरुले ३५ लाख रुपैंया खर्च गरेको आरोप समेत लगाएका छन् ।

‘ज्ञानेन्द्र र अतिहिन्दूवादीले देशीविदेशी शक्तिकेन्द्रले दिएको ३५ लाख खर्च गरेर भदौ ७ गते टुँडिखेलमा भारतबाट ल्याइएको सूर्यवंशी–चन्द्रवंशी हिन्दूधर्मको झण्डालाई नेपालको राष्ट्रिय झण्डा भनेर प्रदर्शन गरेकोप्रति आदिवासी जनजाति, मधेसी, मुस्लिम घोर आपत्ति प्रकट गर्दछौं ।’- शेर्पाको प्रतिक्रिया छ ।