पोखरा, ८ भदौ । कास्कीका विभिन्न स्थानमा भएका चोरी तथा लुटपाटका घटनामा चोरिएका तथा लुटिएका सुनका गरगहना खरिद गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
चोरिएका सामानलाई गलाई नयाँ गरगहना बनाएर बेचबिखन गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । चोरिएको सुन खरिद गर्नेमा कास्कीको कास्कीकोट–२ घर भई पोखरा–२ मोहरिया टोलका गणेश सुनार र चितवनको कल्याणपुर–४ घर भई पोखरा–२ भैरवटोल बस्ने अशोक सुनार रहेका छन् । उनीहरुले सुन चोरी गर्ने पोखरा–२ बस्ने सुनिल श्रेष्ठ र कास्कीको सार्दीखोला–५ बस्ने सन्तोष तामाङबाट खरिद गरेको बताइएको छ ।
सुन चोरीमा संलग्नहरुलाई प्रहरीले कास्की जिल्ला अदालतबाट चोरी मुद्दामा थुनामा राख्ने म्यादसमेत थप गरेको छ ।
















प्रतिक्रिया