२ कार्तिक २०८३, सोमबार

अलभिजन इन्टरनेशनबाट मलेसिया पुगेका ९ जना नेपाली अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

workar-malasyaअर्जुन काफ्ले
मलेसिया, ८ भदौ । बैदेशिक रोजगारीका सिलसिलामा मलेसिया आइपुगेका ९ युवाहरुले म्यानपावरले आफुहरुलाई ठगी गरेको आरोप लगाएका छन् ।

मलेसियाको जोहरवारुस्थित पानी जहाजमा राम्रो कमाइ हुने भन्दै पठाएपनि भने जस्तो काम र दाम नपाएका ती युवाहरुको गुनासो छ ।

‘म्यानपावरको झुटो आश्वासनमा विश्वास गर्दा हामी पस्यौँ,’  पीडित पर्वत धिमालले भने, ‘राम्रो काम र दाम दुबै पाउन सकेनौँ हामी घर फर्किन चाहन्छौँ ।’

पत्रकारको सम्पर्कमा आएका मध्ये ३ जनाको एउटै इच्छा रहेको छ, घर फर्किने । उनीहरुले काठमाडौँको एसोएस म्यानपावरमा पासपोर्ट वुझाए पनि अत्यमा अलभिजन म्यानपावरको नामको कागजपत्र थमाइएको गुनासो गरे ।
‘हामीलाई सम्झौतापत्र समेत नेपालको विमानस्थल भित्र छिर्ने बेलामा दिइयो,’ धिमालले भने । झापाका बुद्धवीर तामाङले पनि आफुहरु पीडित भएको गुनासो गरे ।

पानीजहाजको पार्टपूर्जा बनाउने कम्पनी भनेर मलेसिया ल्याइए पनि  ठुला–ठुला पाइप बोक्ने काममा लगाएको उनीहरुको गुनासो छ ।

गोरखाका राम गुरुङले मलेसिया ल्याएको दुई महिनासम्म कुनै पनि काम नदिएको गुनासो गरे । ‘हामीले काम नपाएपछि नेपालको म्यानपावरलाई टेलिफोन ग¥यौँ,’ गुरुङले भने, ‘तर म्यानपावरले आश्वासन वाहेक अरु काम गर्न सकेन  ।’

५ महिनाअघि काठमाडौको सितापाइलामा रहेको अलभिजन  इन्टरनेशनललाई १ लाख ४५ हजार रुपैयाँ तिरेर मलेसिया आएका ९ जना नेपाली यस्तो समस्यामा परेका हुन ।
नेपालमा १५ सय ७५ मलेसियन रिङ्गेटसम्म कमाइ हुने मेनपावरले  आश्वासन दिएपनि अहिले ६ सय रिङ्गेटमा काम गर्न बाध्य भएका छौँ,’ गुरुङले भने ।

नेपालवाट आउँदा कम्पनीले भित्रको काम भनेर ल्याए पनि अहिले वाहिर काम गरिरहनु परेको उनीहरुको गुनासो छ ।