काठमाडौं, ८ भदौ। काँग्रेस सभापति सुशील कोइरालाले आफ्नो हेरचाह गर्दै आएकी मृदुला कोइरालालाई सभासद् बनाउन खोजेपछि कोइराला परिवारकै अर्की सदस्य सुजाता कोइरालाले त्यसको विरोध गरेकी छिन् ।
रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा तनहुँले दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेतृ कोइरालाले मृदुलालाई संकेत गर्दै सरकारले गर्न लागेको २६ को मनोनित र राजदुतहरुको नियुक्तिमा विदेशमा बसेर ग्रिनकार्ड लिएकाहरुलाई भन्दा पनि नेपालमै बसेर राष्ट्रलाई योगदान पु¥याएका राष्ट्रिय व्यक्तित्वहरुलाई छान्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्–’हाम्रै देशमा बसेर निरन्तर सक्रिय सेवामा समर्पित व्यक्तिहरु धेरै हुनुहुन्छ । उहाँहरुलाई त्यो ठाउँमा लग्नुपर्छ । विदेशमा बसेर आएकाहरुलाई हामीले प्राथमिकता दिनै हुँदैन । राजदुतहरुको नियुक्ती पनि तत्काल गर्नुपर्छ यसमा सरकार अल्झिनु हुँदैन ।’
परिवारकै सदस्य भएपनि सुजाताले मृदुलालाई रुचाउन्नन् । जसका कारण उनी मृदुलालाई कुनै पनि हालतमा सभासद् बनाउन नहुने पक्षमा छिन् । त्यसकारण उनी जसरी पनि मृदुलालाई राजनीतिक नियुक्तिबाट रोक्ने पक्षमा छन् । तर, अहिले सुजाता भन्दा मृदुला नै दाहिने भएकाले सुजाताको कुरा लागू हुने अवस्था नरहेको स्रोतले बतायो ।
















प्रतिक्रिया