२९ आश्विन २०८३, बिहिबार

कथित डन चरीको मृत्युमा खुश्वुको पनि संलग्नता (उनकै अन्तर्वार्तासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khusbu-Oli

काठमाडौं, ७ भदौ । नेपाली उखान टुक्काअनुसार ‘स्याङजा, झापामा बसोबास गर्नेसँग सँगत गर्दा ध्यानदिनुपर्छ’ ।

स्याङजा र झापामा बसेवास गर्ने व्यक्तिले दःख दिन्छन् वा असहज अवस्था सृजना गरेर लाभ लिन्छन् भन्ने आरोप लाग्दै आएको छ ।

संयोग पनि मान्नुपर्छ, अहिले पछिल्लो दुईसाता यताकी सेलिब्रेटी बन्न पुगेकी कथित ‘डन’ ‘चरी’की प्रेमीका खुश्वु ओलीको जन्मपनि त्यहीँ झापा जिल्लामा भएको हो । यो उखान टुक्कासँग खुश्वुको मेल नखान पनि सक्छ । तर, कथित डन दिनेश अधिकारी उर्फ ‘चरी’की प्रेमीका खुश्वुको पनि मृत्युलाई लिएर वादविवाद भइरहेका बेला एकपछि अर्को राज सार्वजनिक हुन थालेका छन् ।राज पनि अरुले होइन, आफै खुश्वुले एकपछि अर्को सार्वजनिक गर्दै आएकी छन् ।

अपराध गरेको अभियोगमा प्रहरीको अत्याधिक खोजी सूचीमा रहेका र प्रहरी कारबाहीमा मारिएका कथित ‘डन’ चरीका विषयमा ‘इमेज टेलिभिजन’मा सनसनीपूर्ण अन्तर्वार्ता दिएर खुश्वु पुनः खुश्वुदार (कुनै फूल वा वस्तुको वास्ना आउने) भएकी छन् ।

अन्तर्वार्ताका क्रममा खुश्वुले आफ्नै कारण ‘चरी’को मृत्यु भएको स्वीकार गरेकी छन् । अन्तर्वार्ताका क्रममा पत्रकार जगदीश खरेलले गरेको पटक पटकको प्रश्नपछि खुश्वुले भनेकी छन्, ‘हो मेरा कारण चरीको मृत्यु भएको हो । यसमा मेरो प्रत्यक्ष अप्रत्यक्ष संलग्नता छ ।’

यदि खुश्वुकै कारण कथित ‘डन’ चरीको मृत्यु भएको हो भने प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएर अनुसन्धान गर्नुपर्छ । खुश्वुको सम्पत्ति उनीसँग क–कसको सम्बन्ध थियो आदिइत्यादी खोतल्नै पर्छ । खुश्वुले प्रहरीको अत्याधिक खोजीको सूचीमा रहेका चरी अपराधमा संलग्न रहेको जान्दाजान्दै उनलाई सहयोग गर्नु उनले कानुनविपरितको कार्य गर्नु हो भन्छन् जानकारहरु ।

कानुन र प्रहरीका अनुसार खुश्वुले अपराधीलाई संरक्षण गरेकी हुन् । अहिले आएर उनीले स्वयं पनि स्वीकार गरेकी छन्, चरीको मृत्युमा आफ्नो पनि अप्रत्यक्ष संलग्नता छ भनेर ।

खुश्वु र चरीका परिवारले प्रहरीले हत्या गरेको दाबी गर्दै आएका छन् । यद्यपि गृहमन्त्रीले संसदमा चरीको मृत्यु प्रहरीसँगको मुठभेडमा भएको जानकारी दिइसकेका छन् ।

खुश्वुको दुई चरित्र लाग्ने व्यवहारबाट अब सबै सचेत हुनु पर्छ । यो अन्तर्वार्तापछि खुश्वुलाई चरीका आफन्तले पनि चिनेको हुनुपर्छ ।

उनले पूर्वप्रेमी अर्पण कोइरालासँगको अन्तरंग सम्बन्धलाई पनि अस्वीकार गरेकी छन् । अर्पणसँग लन्डन र काठमाडौंमासँगै बसेपनि त्यस्तो कुनैपनि सम्बन्ध नरहेको दाबी गरेकी छन् । (हेर्नुस् खुश्वुको अन्तर्वार्ताको भिडियो पनि)