२९ आश्विन २०८३, बिहिबार

यसरी गरियो ‘चरी’को दाहसंस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pro_ktm_DON Chari Ko dahashkar

काठमाडौं, ७ भदौ । इन्काउन्टरमा मारिएको दुईसाता पछि कुख्यात गुण्डा नाइके दिनेश अधिकारी चरीको दाहसंंस्कार गरिएको छ ।

शिक्षण अस्पतालबाट शवयात्रासहित पशुपतिमा पुर्‍याएर दिउँसो २ बजेपछि चरीको दाहसंस्कार गरिएको हो । शवयात्रामा एमाले धादिङका सभासदहरु, नेता कार्यकर्ता, चरीका आफन्त र सहयोगी, एमालेसमर्थित युवा संघ र अनेरास्ववियूका कार्यकर्ताहरुको समेत सहभागिता थियो ।

शवयात्रामा बर्दीवाल प्रहरी समेत खटाइएको थियो ।

साउन २३ गते काठमाडौंको भीमढुंगामा प्रहरीसँगको मुठभेडमा मारिएका भनिएका चरीको १९ दिनपछि दाहसस्कार भएको हो ।

हत्या भएको १० पछि उनको पोस्टमार्टम भएको थियो । पोष्टमार्टम गरेपनि उनका परिवारले शव बुझ्न मानेका थिएनन् ।

पोष्टमार्टमपछि चरीको हत्या झनै रहस्यमय देखिएको भन्दै उनका आफन्तले हत्यारामाथि कारवाहीको माग गर्दै आएका थिए ।

चरी दाजु ध्रुब अधिकारीले सर्वोच्चको फैसला चित्त बुझ्दो भएपछि भाइको शव बुझेको बताए । उनले कानुनी लडाई लडेर हत्यारामाथि कारबाही गरि छाड्ने समेत बताए ।

सर्वोच्चमा दायर गरेको रिटमा चरीको हत्या षडयन्त्रपूर्वक भएको र प्रहरीले किटानी जाहेरी लिन नमानेको भन्दै घटनामा संलग्न उपर कारबाही गर्न माग गर्दै उनका परिवारले सर्वोच्चमा रिट दिएका थिए ।

रिटमा महानगरीय प्रहरी परिसर हनुमानढोकालाई किटानी जाहेरी लिन पनि परमादेश माग गरिएको थियो ।

रिटमा अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखाकै डिएसपी मीरा चौधरी, इन्सपेक्टर कुमुद ढुंगेल र चरीकी प्रेमिका खुस्बु ओलीका भूपू प्रेमी अर्पण कोइरालालाई विपक्षी बनाइएको छ ।