२९ आश्विन २०८३, बिहिबार

तेन्जीलाई सभासद् बनाउन यूएई एमालेको दबाब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tenji-sherpa

आबुधाबी, ७ भदौ । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च यूएईले एनआरएनका अभियन्ता तेन्जी शेर्पालाई सभासद् बनाउन पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।

नेकपा एमाले युएई (प्रवासी नेपाली मञ्च युएई) को शुक्रबार बसेको पाँचौं पूर्ण बैठकले तेन्जीको नाम सिफारिस गरेको हो ।

एमाले महासचिव इश्वर पोखरेललाई सम्बोधन गरी एमाले यूएईका महासचिव उत्तम अधिकारीले पठाएको पत्रमा भनिएको छ, ‘ वर्तमान संबिधानसभामा मनोनित गर्न बाँकी रहेका २६ सभासद भित्र प्रवासी नेपालीहरुबीच लामो समय देखि सहकार्य र समन्वय गर्दै आइरहेका, प्रवासी नेपालीहरुको हक हित र सुरक्षाका पक्षमा सक्रिय, एनआरएनका पुर्व महासचिव तथा एनआरएनको छैठौं बिश्व सम्मेलनमा नेकपा एमालेतर्फका अध्यक्षका उम्मेदवार बनेका कमरेड तेन्जी शेर्पालाई नेकपा एमालेतर्फबाट मनोनित गरिदिनका लागि पार्टी केन्द्रिय कमिटी समक्ष अनुरोध सहित सिफारिस गर्ने निर्णय गरेको छ , कमरेड शेर्पालाई संबिधानसभा सदस्यमा मनोनित गरिदिनका लागि हामी हार्दिक आग्रह गर्दछौं ।’

शेर्पालाई सभासद् बनाउन यसअघि नै कोरियाको प्रवास संगठनले पनि एमालेलाई दबाब दिइसकेको छ । नेकपा एमाले सोलुखुम्बुले पनि जिल्लामा एमालेका तर्फबाट एउटा पनि सभासद् नभएको भन्दै शेर्पालाई सभासद् बनाउन पार्टी केन्द्र समक्ष माग गरेको छ ।

प्रवासबाट निरन्तर दबाब परिरहेकाले एमालेले शेर्पालाई सभासद् बनाउने सम्भावना बलियो बनेको एमाले स्रोतले बताएको छ ।