२ कार्तिक २०८३, सोमबार

लाइबेरियाबाट फर्किने सैनिकलाई उच्च निगरानीमा राखी ‘ननटच चेकअप’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ebola

काठमाडौ, ७ भदौ । इबोला फैलिएको अफ्रिकी मुलुकहरुबाट स्वदेश फर्किने तयारीमा रहेका शान्ति सेनाको स्वास्थ्य परीक्षणका लागि सेनाले उच्च सुरक्षा सतर्कता र विशेष उपचारको ब्यवस्था गरेको छ

‘विशेष गरी लाइबेरियाबाट फर्किने सैनिकका लागि राजधानीको कुनै सुरक्षित स्थानमा अस्थायी टेन्ट टाँगेर २१ दिनसम्म उच्च निगरानीमा राखी ‘ननटच चेकअप’ (नछोएरै उपचार) गर्ने ब्यवस्था मिलाइएको सैनिक स्वास्थ्य महानिर्देशक उपरथी डा. शिवबहादुर बस्नेतले बताए,’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तीन दिनअघि लाईबेरियाबाट फर्किएका एक सैनिक अधिकृतलाई नगरकोटस्थित विशेष स्थानमा राखी परीक्षण भइरहेको जानकारी उनले दिए । सो स्थान वातावरणको दृष्टिकोणले उपयुक्त भएकाले ती अधिकृतलाई २१ दिनका लागि त्याहाँ राखिएको हो तर ती अधिकृत इबोला संक्रमित भने होइनन् ।

‘इबोला फेला परेको देशबाट फर्केर आउँने जोकोहीलाई पनि सेनाले उच्च निगरानीमा राख्नेछ,’ महानिर्देशक डा. बस्नेतले भने’ यही २५ गते १५ जना शान्ति सेना फर्किदैछन्, उनीहरुलाई पनि छुट्टाछुट्टै टेन्टमा २१ दिन सम्म राखी ननटच प्रविधि अपनाई नियमित स्वास्थ्य परीक्षण हुनेछ ।’

करिब २१ दिनसम्म शंकास्पद लक्षण नदेखिएमा मात्र उनीहरुलाई कार्यक्षेत्र खटाइनेछ । खान, बस्न तथा सरसफाइका लागि समेत सवैलाई ‘ननटच सर्भिस’को व्यवस्था गरिएको छ ।