काठमाडौं, ६ भदौ । ओरियन्टल सहकारीका तथा ओरियन्टल विल्डर्स लगायतका आधा दर्जन हाउजिङ तथा अपार्टमेन्ट कम्पनीका अध्यक्ष रहेका सुधिर बस्नेतलाई सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश गिरिशचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको शुक्रबारको इजलासले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश दिएको हो ।
बस्नेतमाथि सर्वसाधारणको पैसा लिएर फिर्ता नगरेको आरोप लागेको छ ।
त्यही अभियोगमा पक्राउ परेका बस्नेतलाई जिल्ला अदालत काठमाडौंले ४ लाख धरौटीमा छाडेको थियो भने पुनरावेदनले फैसला सदर गरेको थियो ।
सर्वोच्चको संयुक्त इजलासले फैसला उल्टाउँदै पछि ठहर बमोजिम हुनेगरी बस्नेतलाई पक्राउ गरी थुनामा राख्न आदेश दिएको हो ।
उनले सर्वसाधारणको करिव साढे ९ अर्ब ठगी गरेको भन्दै बस्नेतविरुद्ध सहकारी जाचबुझ आयोगमा साढे ७ हजार उपभोक्ताले उजुरी दिएका थिए ।














प्रतिक्रिया