काठमाडौं, ६ भदौ । मलेसियामा सम्पन्न एसीसी यू–१६ प्रिमियर क्रिकेटको विजेता नेपाली टोलीका सदस्यहरुलाई सरकारले जनही ५० हजार दिने घोषणा गरेको छ ।
विजेता टोलीको सम्मानमा नेपाल क्रिकेट संघ क्यानले शुक्रबार गरेको कार्यक्रममा खेलकुदमन्त्री पुरुषोतम पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।
नेपालले उपाधि जिते लगतै नेपाल क्रिकेट संघ क्यानले प्रत्येक खेलाडीलाई २० हजार दिने घोषणा गरेको थियो ।
नेपालले घरेलु टोली मलेसियालाई हराएर एसीसी यू–१६ प्रिमियर क्रिकेटको उपाधी उचालेको थियो ।
















प्रतिक्रिया