२ कार्तिक २०८३, सोमबार

चीन र भारतसँग सिमा जोडिने गरी सात प्रदेश बनाउनुपर्छः एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML1

काठमाडौं, ६ भदौ । नेकपा एमालेले ७ प्रान्त सहितको संघीयतामा जानुपर्ने धारणा अघि सारेको छ ।

एमाले मुख्यालय बल्खुमा तीन दिनदेखि लगातार बसेको पदाधिकारी बैठकले चीन र भारतसँग सिमा जोडिनेगरी ७ प्रान्त सहितको संघीयतामा जानुपर्ने धारणा अघि सारेको हो ।

एमाले यसअघि पनि ७ प्रदेशकै अडानमा रहेको थियो । अध्यक्ष केपी शर्मा ओली भने बढीमा ५ प्रदेशको पक्षमा अडान राख्दै आउनु भएको थियो ।

जनजातिका पक्षमा लवी गर्दै आउनु भएका सचिव पृथ्वीसुब्बा गुरुङ भने
११ प्रदेश बनाउनु पर्ने पक्षमा हुनुहुन्छ । यद्यपी उहाँले पनि एमालेको सात प्रदेशको अडानलाई सकारात्मक भन्नुभएको छ ।

बैठकमा बहुपहिचान सहितको राज्य पुनसंरचनाको पक्षमा उभिने र राज्यहरुको नाम राख्दा सबैलाई मान्य हुने खालका खोजिनुपर्ने सहमति भएको छ ।