शम्भू माली
कपिलवस्त, ६ भदौ । कपिलवस्तुको तौलिहवास्थित रत्नराज्य उमाविका शिक्षक र विद्यार्थीमाथि एक जत्थाले पठनपाठन भैरहेकै बेला कुटपिट गरेका छन् ।
लाठी र चिरपट लिएर आएका ढेड दर्जनको संख्यामा रहेको ती जत्थाले विद्यालयमा प्रवेश गरी कुटपिट गरेका हुन ।
केही अभिभावकसहित शिक्षक खुम आचार्य, सतेन्द्र श्रीवासतव, मोहन शुक्ला लगायका शिक्षक र केही विद्यार्थी पनि उनीहरुको कुटपिटबाट घाइते भएका छन् । शिक्षक आचार्यलाई उक्त जत्थाले सबैभन्दा बढी कुटेको थियो ।
शिक्षकलाई बचाउन खोज्दा बिद्यार्थीहरु मगरे लोहार, रामजीत कोरी, राकेश यादव, कमलजरा मिया, बिनोद परियार, मेराज हमाल, हरिहर कुर्मी, सुनील कुर्मी लगायतका विद्यार्थीहरु समेत घाइते भएको विद्यालयले जनाएको छ ।
शिक्षक आचार्यले आफुलाई विद्यालय व्यवस्थापन समितका अध्यक्ष मैनुल्लाह खाँले सुनियोजित ढंगबाट आक्रमण गराएको आरोप लगाउनु भएको छ ।
अध्यक्ष खाँ, उनका दुई छोराहरुसहित उनका समर्थकहरु हातमा लठ्ठी र चिरपट लिएर आएको उहाँको दाबी छ
घटनाका बिषयमा शिक्षक आचार्यसहित १३ जना शिक्षकले १९ जना बिरुद्ध किटानी जाहेरी दिएका छन् । अध्यक्ष खाँ, उनका २ छोरहरु सलमानलगाएतलाई किटानी जाहेरी दिइएको छ ।
















प्रतिक्रिया