काठमाडौं, ६ भदौ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले विवाद समाधानका लागि केन्द्रीय कमिटीदेखि सबै संरचना सवघटन गर्न माग गरेका छन् ।
शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहालसहितको शीर्ष नेताहरुसँगको छलफलमा नेता भट्टराईले विराटनगर राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय कमिटी विघटन गरी महाविधेशन आयोजक समिति बनाउन प्रस्ताव गरेका हुन् ।
एक बर्षभित्र विशेष महाधिवेशन गर्ने यसअघिको निर्णय स्मरण गराउँदै भट्टराईले विवाद समाधान गर्नका लागि पहल लिन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । भट्टराईको मागमा प्रचण्ड सकारात्मक भएको बताइएको छ । यसअघि मंगलबार भएको स्थायी समिति बैठकमा पनि प्रचण्डले भट्टराईको माग पूरा गरेर भए पनि पार्टीलाई फुट र विघटनबाट जोगाउनुपर्ने बताएका थिए ।
एमाओवादी भित्रको विवाद बढिरहँदा बाबुराम पक्षले देशभर समानान्तर समिति बनाउने अभियानलाई तीव्रता दिएको छ ।
















प्रतिक्रिया