२ कार्तिक २०८३, सोमबार

तीन करोड रुपैंयाको सुनसहित चिनिँया नागरिक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????

चौतारा, ६ भदौ । चीनको खासाबाट अवैधरुपमा नेपाल भित्र्याउन लागेको आठ किलो सुनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।

तातोपानी भन्सार ढोकामा आज बिहान सुनसहित ३१ वर्षीय चिनियाँ नागरिक साम्तेन दोर्जेलाई नियन्त्रणमा लिइएको तातोपानी भन्सारका निमित्त प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो ।

सुन शरीरका विभिन्न भागमा लुकाइ ल्याएको अवस्थामा भन्सारका कर्मचारी र भन्सार राजस्व गस्तीको संयुक्त टोलीले दोर्जेलाई पक्राउ गरेको हो । बरामद गरिएको सुनको मूल्य तीन करोड ६० लाख रहेको भन्सार कार्यालयले जनाएको छ ।

खासा नाका भएर नेपाल भित्रिएको अवैध सुन २०७० साल मङ्सिरदेखि अहिलेसम्म ७१ किलो बरामद भइसकेको छ । रासस