२ कार्तिक २०८३, सोमबार

१ सय १२ डीएसपीको सरुवा, को–को कहाँ–कहाँ पुगे ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police

काठमाडौँ, ६ भदौं । १ सय १२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ उनीहरुको सरुवा गरेको हो ।

स्रोतका अनुसार गृहमन्त्री वामदेव गौतमसँग सल्लाहमा प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालले डीएसपीहरुको सरुवा गनुृभएको बुझिएको छ ।

सरुवा अनुसार महाराजगञ्ज वृत्तका डीएसपी सानुराम भट्टराईको ठाउँमा भरत बोहोरालाई ल्याइएको छ ।

त्यस्तै कालिमाटीमा राजेन्द्र धमला, बालाजुमा अर्जुन रानाभाट, कीर्तिपुरमा दीपक न्यौपाने, जनसेवा विशालबजारमा वेद विष्ट, थानकोटमा प्रवीण धिताल र सातदोबाटोमा तोरणकुमार कार्कीको सरुवा भएको छ ।

डीएसपी तारादेवी थापा, सन्तोषकुमार भट्टराई र कुवेर कडायतको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको छ भने कमलपोखरीमा विनोद सिलवाल, गौशालामा राकेश सिंह र सिंहदरबार वृत्तमा डीएसपी सन्तोष खड्को सरुवा भएको छ ।

डीएसपी राजेशनाथ बास्तोला अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयमा सरुवा हुनुभएको छ भने डीएसपी मोहनप्रसाद पोखरेल महानगरीय ट्राफिक प्रहरी महाशाखा र बसन्त रजौरे महानगरीय प्रहरी परिसर हनुमानढोका सरुवा हुनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा डीएसपी तुलबहादुर कार्की, हेटौंडामा कृष्णजी अधिकारी, धनकुटामा गोविन्द अधिकारी, सुर्खेतमा हेरम्ब शर्मा र दिपायलमा जनकराज पाण्डेयको सरुवा भएको छ ।

हिमालयकुमार श्रेष्ठ गुल्मी, सूर्यबहादर केसी डोल्पा, कृष्णबहादुर कुँवर हुम्ला, बिदुरकुमार गौतम तेह्रथुम, अजय केसी दोलखा र दीपककुमार शाहको रामेछाप सरुवा भएको छ ।

डीएसपी नैनसिंह कार्की दार्चुला, दीपककुमार बस्नेत बर्दिया, कृष्ण प्रसाई धनुषा, योगेन्द्रसिंह थापा डडेलधुरा, कृष्णकुमार क्षेत्री कैलाली, रमेशकुमार पोखरेल रुपन्देही र दिनेशराज मैनालीको जाजरकोट सरुवा भएको छ ।

त्यस्तै गोविन्दप्रसाद पाठक मुस्ताङ, विश्वमणि पोखरेल झापा र योगवहादुर पालको सोलुखुम्बु सरुवा भएको छ ।

डीएसपी बलराम राई जुम्ला, सुदमकुमार सिजापति सर्लाही, श्यामकुमार महतो सिन्धुली, मनोजकुमार यादव कपिलबस्तु, अभिनारायण काफ्ले कञ्चनपूर, विनोदराज पोखरेलको खोटाङ सरुवा भएको छ ।

गौतमराज कट्टेल रुकुम, धु्रबराज राउत धनकुटा, राजीब बस्नेत सुर्खेत, प्रवीण पोखरेल रसुवा, वीरवहादुर ओली पर्सा, श्रीहजुर सिलवाल मुगु, दीपकराज खरेल सिन्धुपाल्चोक र जगन्नाथ गौतम मोरङ छन् ।
त्यस्तै डीएसपी हिरावहादुर पाण्डेय बझाङ, अरुण पौडेल नुवाकोट र केदार रजौरे कास्कीमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै दिलिप घिमिरेको इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापामा अर्जुनप्रसाद तिम्सिनाको सरुवा भएको छ ।

डीएसपी एकेन्द्रबहादुर खड्का र पुष्कर केसी बागमती, अनुराग कुमार द्धीवेदी नारायणी, विपीनकुमार कर्माचार्य भेरी, राजकुमार लम्साल सेती, केदार खनाल कोशी, कृष्णकुमार केसी लुम्बिनी, केदार ढकाल सगरमाथा र विनयकुमार झाको जनकपुर अञ्चल प्रहरी कार्यालयमा सरुवा भएको छ ।
डीएसपीहरु मेखवहादुर खत्री, दिनेशकुमार आचार्य, भोजदेव खतिवडा र गुरुबिष्णु काफ्लेको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागमा सरुवा भएको छ ।

त्यस्तै डीएसपी गंगा पन्त प्रधान कायालय महिला तथा बालवालिका सेवा केन्द्रमा सरुवा भएकी छन् भने जीवनकुमार श्रेष्ठ भण्डार शाखामा र सानुकाजी लामिछानेको केन्द्रीय प्रहरी समाचार कक्षामा सरुवा भएको छ ।

डीएसपीहरु मुकेशकुमार सिंह र यज्ञविनोद पोखरेल सुरक्षा महाशाखा, ऋषिराज कँडेल युएन शाखा, सन्तोषसिंह राठौर, दानवहादुर कार्की, शेखर खनाल र गोपालचन्द्र भट्टराईको युएन जगेडामा सरुवा भएको छ ।

रामेश्वर यादव र तेजेन्द्र पौडेल जगेडा पुलमा, सुर्दशन प्रसाद कोइराला प्रशासन, गणेश रेग्मी कानुन, रामदत्त जोशीको अभिलेख तथा जाहेरी शाखामा सरुवा भएको छ ।

डीएसपीहरु होविन्द्र बोगटी उजुरी छानबीन शाखा, कृष्णहरी शर्मा पोखरेल लागुऔषध नियन्त्रण व्यूरो, सुदीप गिरी विशेष ब्यूरो र सबिन प्रधानको केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भएको छ ।

डीएसपी अर्जुन चन्द परिचालन कक्ष, भेषराज श्रेष्ठ तालिम महाविद्यालय, र आनन्दप्रसाद मराठ तथा बिष्णु गोविन्द थापाको महानगरीय विमानस्थल सुरक्षा गार्डमा सरुवा भएको छ ।

नरेन्द्रप्रसाद उप्रेती सम्पत्ति शुद्धीकरण अनुन्धान विभाग, चक्रमबहादुर सिंह प्रधान कार्यालय, मधुसुदन लुइँटेल प्रहरी एकेडेमी, टीकाबहादुर केसी सर्बोच्च अदालत सुरक्षा इकाई, रामेश्वर कार्की मुख्य घटना सहायता कार्यदलमा सरुवा भएको प्रधान कार्यालयले जनाएको छ ।

डीएसपीहरु जुजुभाइ तण्डुकार ट्राफिक निर्देशनालय, लक्ष्मीराज अधिकारी विशेष कार्यदल, उमेशराज जोशी प्रहरी प्रधान कार्यालय पाठ्य सामाग्री शाखा, नविन क्षेत्रीको २ नम्बर गणमा सरुवा भएको छ ।

विश्व अधिकारी प्रधान कार्यालय, बिष्णुहरी कोइराला इटहरी ट्राफिक, बद्रीविक्रम थापा विराटनगर गण, राजेन्द्रकुमार थापा क्षेत्री र गोविन्दकुमार शाहको हेटौंडामा सरुवा भएको छ ।

डीएसपी रमेशकुमार खड्का दंगा नियन्त्रण हेटौंडा, कृष्णप्रसाद कोइराला पोखरा, राजेन्द्रसिंह खड्का तालिमकेन्द्र नेपालगन्ज, सुरेशप्रसाद काफ्ले बुटवल तालिमकेन्द्र र प्रजित केसीको तालिमकेन्द्र भरतपुरमा सरुवा भएको छ ।