२ कार्तिक २०८३, सोमबार

नक्कली डन बनेर पैसा माग्दा प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadi

काठमाडौँ, ५ भदौ ।  फोनबाट धम्की दिएर आफू ‘डन’ भएको बताउँदै रकम माग गर्ने एक युवा प्रहरी फन्दामा परेका छन् ।

अमित डनको नाममा फोन गरेर धम्की दिएको अभियोगमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले धापासी–९ बस्ने १८ वर्षीय आशिष पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेले न्यूरोडका एक कम्यूटर व्यापारीलाई एक पटक फोन गरेर घाँटी छिनाइदिने धम्की दिँदै १५ लाख रुपैयाँ माग गरेका थिए ।

पाण्डेले अर्काको मोवाइल सिम दुरुपयोग गरेर ब्यापारीलाई धम्की दिएको खुलेको छ ।