२ कार्तिक २०८३, सोमबार

राष्ट्रहित विपरित कुनै पनि सन्धि सम्झौता गर्दिनः प्रधानमन्त्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susil

काठमाडौ, ५ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रहित विपरित आफूले कुनै पनि सन्धि सम्झौता नगर्ने अडान राख्नु भएको छ ।

नेकपा–माओवादी नेतृत्वको मोर्चाका नेताहरुसँग कुराकानी गर्दै उहाँले यस्तो अडान राख्नु भएको हो ।

भारतसँग विद्युत विकास सम्झौता (पिडिए) र विद्युत व्यापार सम्झौता (पिटिए) नगर्न माग राख्दै नेकपा–माओवादी नेतृत्वको मोर्चा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको थियो ।

छलफलमा कोइरालाले आफू सँधै राष्ट्रहित र राष्ट्रिय अखण्डताको पक्षमा रहेको बताउनु भएको थियो । देश र जनताको हित विपरित कसैसँग कुनै सन्धि सम्झौता नगर्ने पनि उहाँले प्रष्ट पार्नु भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणक्रममा ४५ दिन भित्र पिडिए र पिटीए गर्ने भनि दुई देशका प्रधानमन्त्रीहरुको संयुक्त वक्तव्य जारी गरिएको थियो ।