३० आश्विन २०८३, शुक्रबार

पाल्पामा एक सय चौसठी अवैध बन्दुक भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banduk-palpaपाल्पा, ५ भदौ । जिल्ला प्रहरी कार्यालय पाल्पा साउन महिनामा १६४ अवैध घरेलु भरुवा बन्दुक सङ्कलन गर्न सफल बनेको छ ।

साउन ६ गतेदेखि मसान्तसम्म प्रहरी जिल्लाका विभिन्न भागबाट अवैध भरुवा बन्दुकको नाल १५४, भरुवा बन्दुकको नाम मात्र आठ, दुई नाल बन्दुक एक, कटुवा पेस्टोल गरी १६३ थान अवैध रूपमा रहेको हातहतियार सङ्कलन गर्न सफल भएको प्रहरीको सूचना शाखाले जनाएको छ ।

गृहमन्त्रालयको शान्तिसुरक्षा तथा हातहतियार शाखाको जिल्ला प्रशासन कार्यालय पाल्पालाई प्राप्त पत्रअनुसार जिल्ला प्रहरी कार्यालय साउन महिनामा हातहतियार सङ्कलन गरेको प्रहरीको भनाइ छ । रासस