काठमाडौ, ५ भदौ । प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच भएको भेटमा संविधानसभा मनोनित गर्ने २६ सदस्य र १४ मुलुकमा रिक्त राजदुत नियूक्तीको विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
दुई नेताबीच भएको सहमति अनुसार बिहीबार दिनभरीमा छलफल गरेर शुक्रबार बस्ने मन्त्रीपरिषद बैठकले राजदुत र सभासद नियूक्तीको निर्णय गर्ने तयारी भएको छ ।
सर्वोच्च अदालतले संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ हारेका र समानुपातिकको सूचिमा परेकालाई मनोनयन नगर्न आदेश दिएकोले दुई नेताबीच भएको छलफलमा पूर्व प्रधानन्यायधिश अनुपराज शर्माको समेत राय लिइएको थियो ।
















प्रतिक्रिया