काठमाडौं, ४ भदौ । देशभर समानान्तर कमिटी बनाइरहेका एमाओवादीका शीर्ष नेता डा बाबुराम भट्टराईले काठमाडौंमा पनि समानान्तर कमिटी बनाएका छन् ।
अध्यक्ष पुष्पकमल दाहालसँग समानान्तर कमिटी नबनाउने सहमति गरेको एकसाता नबित्दै भट्टराईले सहमति तोडेका हुन् । एमाओवादी काठमाडौंका अध्यक्ष हिमाल शर्मालाई अवैधानिक घोषणा गर्दै बाबुराम पक्षले जिल्ला सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बुधबार पत्रकार सम्मेलन गरी श्रेष्ठले आफू पार्टीको आधिकारिक जिल्ला अध्यक्ष भएको दाबी गरे । यति मात्र होइन, उनले वर्तमान अध्यक्ष हिमाल शर्मालाई पार्टीले उपाध्यक्ष बनाएको बन्दै खिल्ली पनि उडाए । बाबुराम निकट मानिएका श्रेष्ठ संविधानसभा निर्वाचनमा काठमाडौं ५ बाट उम्मेदवार समेत भएका थिए । पछि उनले बाबुरामकै आदेशमा एमालेका इश्वर पोखरेललाई हराउन काँग्रेस उम्मेदवार नरहरि आचार्यलाई सहयोग गरेको आरोप समेत लागेको थियो ।
नयाँ शक्ति निर्माण गर्ने अभियानका साथ देश दौडाहामा रहेका भट्टराईले समानान्तर कमिटी गठनलाई तीव्रता पनि दिइरहेका छन्, यसले एमाओवादी भित्रको कलह झनै बढ्ने देखिएको छ ।
यता, संस्थापन पक्षका अध्यक्ष हिमाल शर्माले भने नेता बाबुराम पक्षले समानान्तर कमिटी घोषणा गर्नु हास्यास्पद, गैरराजनीतिक र अराजतकताको संज्ञा दिएका छन् । समानान्तर कमिटी घोषणा गरेकामा आपत्ति जनाउँदै उनले भट्टराई पक्षले पार्टी फुटाएर पदको टेण्डर खुलाउने काम गरेको आरोप समेत लगाएका छन् ।
यस्तो छ शर्माको प्रेस विज्ञप्ति

















प्रतिक्रिया