सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

संचारमन्त्री ‘नसच्चिए’ आन्दोलन : प्रेस चौतारी

दैनिक नेपाल २०७१ भदौ ४ गते १७:५०

Press-chautari-Nepal

काठमाडौं, ४ भदौ । प्रेस चौतारी नेपालले संचारमन्त्री डा मिनेन्द्र रिजालविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

काँग्रेस र एमालेको संयुक्त सरकारको भावना विपरीत संचारमन्त्री रिजालले सरकारी संचारमाध्यमबाट प्रेस चौतारी समर्थकहरुलाई पूर्वाग्रही रुपमा हटाएको विरोधमा आन्दोलनको तयारीमा रहेको प्रेस चौतारीका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले बताउनुभयो ।

प्रेस चौतारी नेपालको बुधबार राजधानीमा बसेको आकस्मिक बैठकले सरकारी सञ्चार माध्यमहरुमा भइरहेको एकाधिकारको विषयमा गम्भीर ध्यानाकर्षण समेत जनाएको छ । बैठकले गोरखापत्र दैनिक र राष्ट्रिय समाचार समितिमा क्रियाशील श्रमजीवी पत्रकारहरुलाई पूूर्वाग्रह राखेर बर्खास्त गर्ने तथा म्याद नथप्ने सरकारी कदमको भत्र्सना गर्दै पूूर्वाग्रह राखेर बर्खास्त गरिएका श्रमजीवी पत्रकारहरुको पुुनर्बहाली गर्न र म्याद नथपिएकाहरुको तत्काल म्याद थप्न सम्बन्धित पक्षसमक्ष माग गरेको प्रेस चौतारीका महासचिव माधव नेपालले बताउनुभयो ।

यदि मागको वेवास्ता गरिए चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

प्रेस चौतारीले रेडियो नेपालमा विभिन्न माग राखेर सञ्चारकर्मीहरुले जारी राखेको आन्दोलनप्रति पूूर्ण ऐक्यबद्धता जाहेर गदै सम्बन्धित निकायलाई माग पूूरा गरी समस्याको समाधान गर्न ध्यानाकर्षण समेत गरेको छ । त्यसका लागि प्रेस चौतारीका उपाध्यक्ष उपेन्द्र केसीको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिमा महासचिव माधव नेपाल, सचिवहरु गणेश पाण्डे, राजेश राई, नरेन्द्र साउद, रामकुमार एलन, केन्द्रीय सदस्यहरु अमृतनाथ तिमिल्सिना, शुरोजंग पाण्डे, नेपोलियन चेपाङ, उपत्यकाका अध्यक्ष सन्तराम बिडारी र प्रकाश सिलवाल, गोरखापत्रका अजय शर्मा लगायत छन् ।

यसैगरी, नयाँ संविधान निर्माणका लागि दबाब सृजना गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रेस चौतारीले जनाएको छ । त्यसका लागि प्रमुख दलका अध्यक्ष, सभामुख लगायतलाई ज्ञापनपत्र दिइने बताइएको छ ।

अविरल वर्षापछि आएको बाढीपहिरोबाट बिपत्तिमा परेकाहरुलाई सहयोग गर्नेका लागि प्रेस चौतारी नेपाल र मातहतका कमिटीले राहत संकलन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित