सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

सुरु भयो रवीन्द्र र गगनको परिक्षा, सफल होलान त ?

दैनिक नेपाल २०७१ भदौ ४ गते १६:५१

gagan-rabindra

काठमाडौं, ४ भदौं । नेपाली युवा पुस्ताले आइकनका रुपमा लिएका दुई युवा नेता रवीन्द्र अधिकारी र गगन थापाको काँधमा नयाँ जिम्मेवारी पाउँदैछन् ।

सधैँ चर्चामा रहिरहने एमाले युवा नेता रवीन्द्र र काँग्रेसका गगनले संसदीय समितिको महत्वपूर्ण जिम्मेवारी पाउन लागेका हुन् । कांँग्रेसका तर्फबाट गगन संसद्को कृषि तथा जलस्रोत समितिको सभापतिमा सिफारिस भएका छन् भने एमालेका तर्फबाट रवीन्द्रले अर्थ समितिको सभापतिको जिम्मेवारी पाउन लागेका हुन् । पदीय हिसाबले एकै भएपनि गगनको भन्दा रवीन्द्रले पाउन लागेको अर्थ समिति बढी महत्वपूर्ण छ । तर, विद्यार्थी राजनीतिबाट उठेका र आ–आफ्नो पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका यी दुई नेताले पहिलोपटक पाउन लागेको महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक पूरा गर्लान त ? प्रश्न उब्जिएको छ ।

पार्टीभित्र मात्र होइन, आम कार्यकर्ता र जनस्तरमा पनि चर्चा कमाएका दुबै नेता उमेरका हिसावमा भने अन्य सभापति भन्दा कम उमेरका छन् ।

विगतमा त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र युनियनबाट राजनीतिक उचाई लिदैँ आएका गगन नेपाल विद्यार्थी संघको महामन्त्री भएका थिए । गणतान्त्रिक आन्दोलनमा राम्रो प्रभाव छाड् सकेकै कारण उनले पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट मनोनित सभासद बन्ने सौभाग्य पाएका थिए । ‘टिके’ सभासद्को रुपमा संविधानसभामा प्रवेश गरेको आरोप लगाउनेहरुलाई दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नंं ४ मा अत्याधिक मतसहित विजयी भएर गगनले आफ्नो जनमत पुष्टि गरिसकेका छन् । खासगरि, ०६७ सालको असोजमा भएको कांग्रेसको १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर पार्टीको केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि गगनको लोकप्रियता चुलिएको थियो ।

यता, रवीन्द्र भने एमालेको भातृ संगठन अनेरास्ववियुको अध्यक्ष नै बन्ने मौका पाए । अघिल्लो संविधानसभामा पनि सभासद् निर्वाचित भएका दोस्रो संविधानसभामा पनि कास्कीबाटै निर्वाचित भएका हुन् । आफूभन्दा सिनियरहरुलाई पनि पछि पार्दै रवीन्द्र लगातार दुईपटक सभासद् जितेर जनमतको पुष्टि गरिसकेका छन् । तर, उनी त्यो पदमा आइपुगेका छन्, जहाँ बोलेर होइन, गरेर देखाउनुपर्छ । या जनताले दिएको खास मतको परिक्षाकक्षमा उभिएका छन्, रवीन्द्र ।

२०४६ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सचिव र ४९ सालमा सभापति पदमा निर्वाचित भएका अधिकारी २०६० सालमा नेकपा एमाले, कास्कीको सचिव बनेका थिए । ०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्सको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा बनेका अधिकारी भर्खरै सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका छन् ।

उहाँले पनि संविधान निर्माणका क्रममा पाएको अहिलेसम्मको सबै भन्दा ठूलो जिम्मेवारी हो । सभासद्पछि रवीन्द्रले पाउन लागेको यो सबैभन्दा ठूलो महत्वपूर्ण जिम्मेवारी हो ।

जनता र मिडियाको नजरमा आइकन रहेका यी दुई नेता साँच्चै सफल हुन्छन् या असफल । अबको केही महिनाले नै बताउनेछ ।

प्रतिक्रिया
सम्बन्धित