सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

सार्क सम्मेलनका लागि कस्तो बन्दैछ काठमाडौँ ?

दैनिक नेपाल २०७१ भदौ ४ गते १४:५७

Sarc

काठमाडौ, ४ भदौ । आगामी मङ्सिर १० र ११ गते काठमाडौँमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलन तयारीको सिलसिलामा सहरी सौन्दर्य र हरियाली कायम गर्न सरसफाइ तथा नगर सजावट समिति क्रियाशील भएको छ ।

उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित उक्त समितिले नगरको सौन्दर्य प्रवद्र्धनका लागि काम थालेको हो ।

सार्क सम्मेलनलाई दृष्टिगत गरी समितिले माइतीघर–तीनकुने, लैनचौर, नारायणगोपाल चोक, डिल्लीबजार शीतलनिवास, जावलाखेल, पाटन हस्पिटल, कमलपोखरी, मैतीदेवी चोक, नयाँ नारायणचौर बगैँचासम्म पहिलो चरणमा हरियाली विस्तार तथा सरसफाइ गरिरहेको छ ।

सम्मेलनस्थल राष्ट्रिय सभागृहको मर्मतसम्भार एवम् रङरोगन पनि द्रुतगतिमा भइरहेको छ । रासस

 

प्रतिक्रिया
सम्बन्धित