काठमाडौं, ४ भदौं । सुरुमा महिलाको नामबाट फेसबुक एकाउन्ट खोलेर साथी बनाउने र सेक्स पार्टनरको प्रस्ताव राख्ने एक युवक पक्राउ परेका छन् ।
सिन्धुली जलकन्या २ घर भइ हाल लाजिम्पाट बस्ने ३० वर्षका स्याङ्गवोलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले उनलाई नक्सालबाट पक्राउ गरेको हो ।
समाजिक सञ्जाल फेसबुकबाट महिलाहरूलार्इ अश्लिल फोटो पठार्इ उनले ‘सेक्स पार्टनर’ बनाउने प्रस्ताव राखेको अनुसन्धानका क्रममा खुलेको छ ।
उनले सम्भ्रान्त परिवारका महिलाहरुलाई आफ्नै अश्लिल फोटोहरु म्यासेज पठाउने र सेक्स पार्टरनको प्रस्ताव राख्ने गरेका थिए ।
त्यसैगरी उनले सेक्सको प्रस्ताव राख्ने महिलाहरुको म्याजेज बक्समा आफ्नै अश्लिल तस्वीरहरु समेत पठाएको पाइएको छ । केहीले उजुरी गरेपछि प्रहरीले छानविन थालेको थियो ।
उनलाई बिद्युतिय कारोवार ऐन अन्तर्गत कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।
















प्रतिक्रिया