रत्ननगर (चितवन), ४ भदौ । चितवन निकुञ्जका कर्मचारी हरिचन्द वोटलाई आक्रमण गरी मार्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ ।
हिजो निकुञ्जको कार्यालयस्थित गिद्ध प्रजनन केन्द्र अगाडि सफा गर्दै गर्दा उक्त बाघले वोटलाई मारेको थियो । हिजो दिनभरको प्रयास असफल भएपछि राति उक्त बाघलाई नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।
यसअघि नवलपरासीको त्रिवेणी क्षेत्रमा एक महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखिएको थियो ।
सोही बाघ निकुञ्जको खोरभित्र भएको रुख चढेर भागी बोटलाई आक्रमण गरी मारेको निकुञ्जका सहायक संरक्षण अधिकृत बुद्धिराज पाठकले जानकारी दिए । मान्छे मारेको स्थानमा पाडो राखेर उक्त बाघलाई नियन्त्रणमा लिइएको निकुञ्जले बुधबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
















प्रतिक्रिया