काठमाडौँ, ४ भदौ । एमाओवादीले आफ्ना सभासदहरुलाई बाढी प्रभावित क्षेत्रमा खटाउने निर्णय तयारी गरेको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकले सभासदहरुलाई बाढी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको हो ।
एमाओवादीले प्रधानमन्त्रीको नेतृत्वमा गठन भएको उद्धार तथा राहत वितरण समितिले चुस्त ढंगले काम गर्न नसकेको विषयमा पनि ध्यानाकर्षण गराएको छ ।
बैठकमा सरकार, संसद र संविधानसभामा भैरहेका गतिविधिबारे पनि समीक्षा भएको थियो ।















प्रतिक्रिया