२ कार्तिक २०८३, सोमबार

गुण्डा नाइके चरीका मुख्य सहयोगी पक्राउ, अरु पनि प्रहरीको खोजीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

darling-don-chariकाठमाडौं, ४ भदौ । नेपाल प्रहरीले इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी चरीका मुख्य सहयोगीलाई गिरफ्तार गरेको छ ।

‘डार्लिङ डन’ उपनामले चिनिने मकवानपुरका २३ वर्षीय अजयकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

चरीका मुख्य सहयोगीका रुपमा काम गरेका उनी प्रहरीको फरार सूचीमा थिए । प्रहरी हिरासतमा राखी ‘डार्लिङ’ माथि अनुसन्धान सुरु गरिएको एसएसपी एवं अपराध अनुसन्धान महाशाखा हनुमानढोकाका प्रमुख पुष्कर कार्कीले जानकारी दिनुभयो । एसएसपी कार्कीका अनुसार, २०७० साल पुस १४ गते धादिङका गुण्डा नाइके राधे भण्डारी र चरीबीचको ग्याङफाइटमा ‘डार्लिङ’ पनि सहभागी थिए । चरीसँगै उनले पनि राधेमाथि खुकुरी गरेको प्रहरीले बताएको छ । यसका साथै उनीमाथि हत्या, लुटपाट, हप्ता असुलीलगायत दर्जनौं अभियोग रहेका छन् ।

गुण्डा नाइके चरी साउन २१ गते मारिएका थिए । उनको अहिलेसम्म दाहसंस्कार हुन सकेको छैन । चरीका आफन्तहरु प्रहरीविरुद्ध अदालती प्रक्रियामा गइरहँदा प्रहरीले भने चरीका सहयोगीहरुको खोजी कार्य तीव्र पारेको छ ।