२ कार्तिक २०८३, सोमबार

नेपालका लागि पाँच वटा प्रदेश नै ठीक : ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-final

काठमाडौँ, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक सघिंयतामा जाँदा बढीमा पाँच प्रदेश हुनुपर्ने बताउनुभएको छ ।

एमालेका बागमती, लुम्बिनी, नारायणी अञ्चलबाट महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यसँगको मंगलबारको भेटमा अध्यक्ष ओलीले यो विचार व्यक्त गर्नुभएको हो ।

भेटमा सहभागी केन्द्रीय सदस्य पार्वत गुरुङका अनुसार अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्रले धेरै प्रदेश धान्न नसक्ने भएकाले थोरै प्रदेश भएमा उपर्युक्त हुने धारणा राख्नुभएको हो ।

अध्यक्ष ओलीले सहमतिका साथ समयमा लोकतान्त्रिक संविधान जारी गर्न एमाले लचिलो र जिम्मेबार भएर प्रस्तुत हुने पनि स्पष्ट गर्नुभएको थियो ।

यसैबीच नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सुशासन र विकासको प्रत्युभूति दिलाउने खालको संविधान लेखनमा सबैको पहलकदमी हुनुपर्ने बताउनुभएको छ ।

बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी सङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज बोडेमा उद्घाटन गर्दै उहाँले सबैको पहलकदमीबाट जनताले चाहेको संविधान निर्माण हुने बताउनुभयो ।

अध्यक्ष ओलीले संविधान निर्माण र आर्थिक विकासका नयाँ नयाँ योजना ल्याउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्दै लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमार्फत साँचो अर्थमा आर्थिक विकासका पक्षमा लाग्न कर्मचारीलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थामा कार्यरत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।