२९ आश्विन २०८३, बिहिबार

राजदूतमा ६ जना पक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौं, ३ भदौ । सचिव र एआईजीको बढुवापछि सरकारले राजदूत नियुक्ति र २६ सभासद्को मनोनयका लागि गृहकार्य थालेको छ । सभासद् मनोनयनमा केही समय लाग्ने भएपछि राजदूतको नियुक्ति भने यही साता गर्ने सरकारको तयारी रहेको बुझिएको छ ।

राजदूत नियुक्तिमा यसपटक सरकारले परराष्ट्र र बाहिरबाट आधा आधा नियुक्त गर्ने छन् । हाल १६ देशमा राजदूत पद खाली छन् । जसमा परराष्ट्रबाट आठ जना नियुक्त हुनेछन् । परराष्ट्रका दुई अधिकारी हाल राजदूत रहेकाले त्यो बाँकी ६ ठाउँमा नियुक्तिको लागि नाम टुंगिएको परराष्ट्र स्रोत बताउँछ ।

जसमा परराष्ट्रका सहसचिवहरू कालिप्रसाद पोखरेल, खगनाथ अधिकारी, अम्बिका लुइँटेल, अर्जुनकान्त मैनाली, दीपक धिताल र अमृत राई छन् । राजनीतिक नियुक्तिबाट पनि एकैचोटी टुंग्याउन खोजेपछि आकांक्षीहरू धेरै भएपछि पार्टीहरूले निर्णय गर्न सकेका छैनन् । कांग्रेस–एमाले निकट खासगरी पूर्वसचिव तथा प्रहरी अधिकारीहरू राजदूत हुने दौडमा छन् ।

परराष्ट्र बाहिरबाट नियुक्त गर्ने व्यक्तिहरूको हकमा परराष्ट्र मन्त्रालयले न्यूनतम योग्यतासहितको मापदण्ड बनाएको छ ।