काठमाडौं, ३ भदौ । त्रिभुवन बिमानस्थलमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका इन्स्पेक्टरसहित दुई जना घुस लिँदालिँदै पक्राउ परेका छन् ।
बैदेशिक रोजगारीमा जान लागेका एक युवालाई रेष्टुरेन्टमा बोलाएर रकम लिँदै गरेका इन्स्पेक्टर राजन थापा र असइ विश्वेश्वर आचार्य रंगेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई ७५ हजार नगद रुपैंया सहित पक्राउ गरेका हो । उनीहरुलाई हिरासतमा राखी अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।
















प्रतिक्रिया