२ कार्तिक २०८३, सोमबार

बालिकाको बलात्कारपछि हत्या गर्ने प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape-apaharanधनुषा, ३ भदौ । धनुषा जिल्लाको तारापट्टि सिरसियामा एक बालिकाको सामूहिक बलात्कारको घटना सेलाउन नपाउँदै जिल्लाकै बेंगाडावरमा एक बालिकाको बलात्कारपछि हत्या भएको छ ।

प्रहरीले मंगलबार बिहानै बलात्कारपछि हत्या गरिएको अवस्थामा बेँगाडावर–९ की ११ वर्षीया बालिकाको शव फेला पारेको छ । यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बालिका कृष्णाष्टमीका दिन लालगढ–९, पानीट्याङ्की नजिक लागेको मेला हेरेर फर्कने क्रममा बाटोमै बालिकालाई बलात्कार गरी हत्या गरेर फालिएको थियो ।

बालिकाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन् ।

यसअघि, शनिबार राति जिल्लाको तारापट्टिमा शौचालय गएको बेला १४ वर्षीया एक बालिकाको सामूहिक बलात्कार भएको थियो ।

यस घटनामा आरोपितमध्ये श्रवण पुर्वेलाई पक्राउ गरिसकिएको छ भने अन्यको खोजी कार्य जारी छ ।