३० आश्विन २०८३, शुक्रबार

बर्दियाका बाढीग्रस्त क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bardiya-map

बर्दिया, ३ भदौ । बर्दियाका बाढीग्रस्त क्षेत्रका पीडितहरुमा भाइरल ज्वोरोको प्रकोप देखिएको छ ।

बबई नदीको बाढीले बगाएर ल्याएका मरेका जीवजन्तुको लाशबाट गन्ध आउन थालेपछि त्यहाँ महामारीका रुपमा भाइरल ज्वोरोको प्रकोप देखिन थालेको हो ।

मौसम परिवर्तन, फोहर पानी र दुषित हावाबाट फैलिने भाइरल ज्वरोको प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

अहिले जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले प्रकोप नफैलाउन बाढी पीडितको शिविरहरुमा चार जना डक्टर र १३ जना स्वास्थ्यकर्मी खटाइएको छ ।

बर्दियामा मात्र बाढीबाट २१ जनाको मृत्यु र १५ बेपत्ता भएका छन् । २० हजार मानिस विस्थापित भएका छन् । बाढीकै कारण ८ हजार ५०० घर पूर्ण रुपमा बगेको छन् ।

अहिले बाढी पीडितलाई ३८ शिविरमा राखिएको छ । केही मानिस त सडक पेटीमासमेत बस्न बाध्य भएका छन् ।