२ कार्तिक २०८३, सोमबार

दलित परिवारलाई गालीगलौज गर्दा प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadi

विराटनगर, ३ भदौ । अन्तर्जातीय विवाह गरेको विषयमा दलित परिवारमाथि जातीय गालीगलौज र कुटपिट गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर उपमहानरपालिका–५ गोकुल टोल बस्ने केशव मगरातीको परिवारलाई मध्यराति घरमै पुगेर जातीय गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा भीमप्रसाद खतिवडा, बाबुराम न्यौपानेसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक ढकालका अनुसार केशव मगरातीका २४ वर्षीय छोरा सुमन मगराती र भीमप्रसादकी २० वर्षीया छोरी उर्मिला खतिवडा गाउँबाट हराएका थिए ।

उमेर पुगेका केटाकेटीहरुले राजीखुसी विवाह गरी अदालतमा नातासमेत कायम गराइसकेका छन् ।

तर, सोही विषयलाई लिएर केटी पक्षले सानो जात भएर ठूलो जातकी छोरी बिहे गर्न खोजेको भन्दै मगराती परिवारलाई भदौ १ गते राति प्रहरीसहित घरमै पुगेर गालीगलौज गर्दै कुटपिट गरेका थिए ।

केटी पक्षले दलित भएकै कारण आफूहरुलाई कुटपिट गरेको भन्दै जातीय विभेद र कुटपिट अपराधमा सोमबार प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले घटना मिलापत्र गराउन दबाब दिइरहेको तर आफूहरुले कानुनअनुसार कारबाहीको माग गरेको आफूलाई पीडित बताउने केशव मगरातीले बताउनुभयो । रासस